

नेप्से सूचकमा ८.४८ अंककाे गिरावट, घट्यो कारोबार रकमपनि

काठमाडाैं – साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा सामान्य गिरावट देखिएको छ भने कारोबार रकम झनै घटेको छ। गत बुधबार र विहिबार सामान्य बढेको बजार आइतबार पुनः घटेको हो।
यस दिन नेप्से सूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि सामान्य घटेको छ। कारोबार रकम पनि पछिल्लो समय लगातार घट्दो क्रममा छ। आइतबार कारोबार रकम ५ अर्बकै हाराहारीमा झरेको छ।
यस दिन २२४ वटा कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर ५ अर्ब ५ करोड ३५ लाख, ३८ हजार २५७ रुपैयाँमा खरिद बिक्री भएको छ। यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।
आइतबार होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ। आइतबार गुडविल फाइनान्सको ऋणपत्रको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने ओरियन्टल होटलको ८.४७ प्रतिशत, सिइडिवि हाइड्रोपावरको ७.२५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.१६ प्रतिशत र नेपाल फाइनान्सको ४.०३ प्रतिशतले बढेको छ।
यस्तै माछापुछ्रे र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ भने पोखरा फाइनान्सको ४.४७ प्रतिशत, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावरको ४.१८ प्रतिशत र रिलायन्स फाइनान्सको ३.९० प्रतिशतले घटेको छ।
यस दिन नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै २१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको १९ करोड ४६ लाख, अपर तामाकोशीको १६ करोड २४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ६४ लाख र नेश्नल हाइड्रोपावरको १३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ। यस्तै ४ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन्।

