सैनिक जहाज दुर्घटनामा परेका ४० को उद्धार, १७ को मृत्यु


मनिला – पूर्वी एसियाली मुलुक फिलिपिन्समा आइतबार हवाई दुर्घटनामा परेका ४० जनाको उद्धार गरिएको छ। आइतबार फिलिपिनी सेनाको सी-१३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरणका क्रममा दुर्घटनामा परेको एपीले जनाएको छ।

द न्यू योर्क टाइम्सले स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार १७ जना सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकाहरूलाई अस्पताल लगिएको छ। दुर्घटनामा परेपछि जहाजमा आगो लागेको थियो। जहाजमा सबै सैनिकहरू सवार थिए। बाँकी भएका सैनिकहरूको पनि उद्धार गर्ने प्रयास भइरहेको छ।

फिलिपिन्सका सुरक्षा मन्त्री डेल्फिन लोरेन्जानाले उक्त जहाजमा तीन पाइलट र पाँच अन्य चालक दलसहित ९२ जना सवार रहेको समाचार संस्था रोयटर्सलाई बताएका छन्। यसअघि जहाजमा ८५ जना रहेको बताइएको थियो।

प्रतिक्रिया