

बैतडीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु १० घाइते

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बैतडीबाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज७३९ नम्बरको जिप सिगास गाउँपालिका–३ स्थित सडकबाट ५० मिटर तल खसेको हो ।
दुर्घटनामा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी, ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

