नेकपा स्थायी समिति सदस्य रावलले दिए प्रधानमन्त्री ओली लाइनको सुझाव


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले विवाद समाधानका उपाय खोज्न अपिल गरेका छन्। उनको अपिल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको लाइनमा आएको छ।

पार्टीभित्रको विवाद नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालनाबाट मात्रै हुने रावलको भनाई छ।

यसको अर्थ अहिलेको सचिवालय बैठकमा परेको प्रचण्डको प्रस्तावले झन् समस्या खडा गरेको बुझाई रावलको हुनसक्छ। प्रधानमन्त्री ओलीले पनि कार्यदलले दिएको सुझावका आधारमा नै समाधान खोज्नुपर्ने बताउँदै आएका छन्। यसको अर्थ दुई अध्यक्षबीच सहमतिका आधारमा एजेन्डा तय गरी सचिवालय बैठकमा प्रतिवेदन वा प्रस्ताव राख्नुपर्ने ओलीको भनाई छ।

त्यसका निम्ति आजको सचिवालय बैठकअघि सहमति खोज्नका निम्ति मंगलबार ओलीले महासचिव विष्णु पौडेललाई खुमलटार पठाएका थिए।

प्रतिक्रिया