एमाले विवादः नेता नेपाललाई अन्तिम पटक मनाउन को–को पुगे कोटेश्वर?


काठमाडौं– नेकपा एमालेभित्रको विवादलाई मिलाउनका लागि सक्रिय रहेका दोस्रो तहका नेताहरु माधवकुमार नेपाललाई मनाउनका लागि आइतबार बिहान कोटेश्वर पुगेका छन्।

नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य र गोकर्ण विष्टसहित अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङ कोटेश्वर पुगेका हुन्।

सोमबारसम्मको समयसीमा तोक्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि दिएको हस्ताक्षर फिर्ता लिनका लागि केन्द्रीय कमिटी बैठकबाट चेतावनीपूर्ण निर्णय गरिएको थियो।

तर नेता नेपालले हस्ताक्षर फिर्ता नलिने भन्दै बैठक रोक्नका लागि भनेका थिए। यसबीचमा ओलीसँग नेता नेपालको दुई पटक टेलिफोनमा संवाद भए पनि समस्या समाधानका निम्ति कुराकानी हुन नसकेको बताइएको थियो।

प्रतिक्रिया