पुष्कर सिंह धामी बने भारतको उत्तराखण्डका अहिलेसम्मकै कान्छा मुख्यमन्त्री, आइतबार सपथ लिने


काठमाडौं – भारतको उत्तराखण्डको मुख्यमन्त्री पुष्कर सिंह धामी भएका छन् । देहरादूनमा सम्पन्न भारतीय जनता पार्टी (बिजेपी) को विधायक दलको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । धामीले आइतबार मुख्यमन्त्रीको सपथ लिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

निवर्तमान तीरथ सिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कैयौं उम्मेदवारहरुबीच धामीले बाजी मारेका थिए । कुमाउ क्षेत्रको कटीमा सिटबाट दोस्रो पटक विधायक सभामा निर्वाचित भएका ४५ वर्षीय धामी उत्तराखण्डमा सबैभन्दा कम उमेरमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

उत्तराखण्डका पूर्वमुख्यमन्त्री एवं महाराष्ट्रका गर्भनर भगत सिंह कोश्यारीका नजिकका व्यक्ति मानिएका धामी अहिलेसम्म कुनै मन्त्री र राज्यमन्त्रीका रुपमा काम नगरेका भए पनि युवाहरु बीच लोकप्रिय र कोश्यारीको मुख्यमन्त्री कालमा उनको ओएसडीको अनुभव भएबाट सत्ता सञ्चालनमा अब्बल ठहरिने विश्वास गरिएको छ ।

उत्तराखण्डमा नयाँ मुख्यमन्त्रीको चर्चा सुरु भएसँगै धामीसँगै सतपाल महराज, त्रिवेन्द्र सिंह रावत, धन सिंह रावत समेत कैयौं राजनीतिकर्मीहरुलाई पछि पार्दै धामीले बाजी मारेका थिए ।

 

को हुन् नयाँ मुख्यमन्त्री धामी ?

भारतको उत्तराखण्ड राज्यको खटीमा विधानसभामा दुई पटक विधायक बनेका युवा नेता धामी राष्ट्रिय स्वयं सेवक संघ नजिकका रहेका छन् ।

धामी उत्तराखण्डको वीजेसी युवा मोर्चाका अध्यक्ष भइसकेका छन् । उनी २००२ देखि २००८ सम्म युवा मोर्चाका अध्यक्षको पदभार सम्हालेका थिए । पूर्व भारतीय सेनाका छोरा रहेका धामीका तीन दिदी बहिनी रहेका छन् । टुण्डी पिथौरागढमा जन्मिएका  धामी मानव संशासन प्रबन्धन र औद्योगिक सम्बन्ध विषयमा पोस्ट ग्र्याजुएट र एलएलबी उत्तीर्ण छन् ।

प्रतिक्रिया