जनकपुर विमानस्थलको पार्किङ डुबानमा, विमान रनवेमै


जनकपुरधाम – अविरल वर्षाका कारण जनकपुर विमानस्थल डुबानमा परेको छ ।

विमानस्थलका वरिष्ट अधिकृत मोहन ठाकुरले दुई दिनदेखि निरन्तर भारी वर्षा हुँदा पार्किङ क्षेत्रमा पानी जमेको बताए । विमानस्थलको पार्किङ क्षेत्रमा एक फिटसम्म पानी जमेको छ ।

पार्किङ क्षेत्रमा पानी जमेपछि विमान रनवेमै राखिएको छ । यात्रुहरु जुत्ता चप्पल हातमा बोकेर विमान चढ्न जानु परेको यात्रुहरुले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया