

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।
क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
स्थगित बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बताइएको छ ।

