

भारतमा घट्दै कोरोना संक्रमण: पछिल्लो २४ घण्टाभित्र ४८ हजार ८७८ जनामा संक्रमण

नयाँदिल्ली – भारतमा पछिल्लो समय दिनहुँ कोरोना संक्रमण र मृत्युदर ओरालो लागिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ४८ हजार ८७८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९९ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ९४ लाखभन्दा बढी निको भइसकेका छन् भने पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४५ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ करिब १३ हजार संक्रमित थपिएका छन् भने २३० जनाको मृत्यु भएको छ ।
तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ८५ लाख संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित थपिँदा २१ सय २७ को मृत्यु भएको छ ।

