संवैधानिक इजालसः यसकारण शम्भु थापासँग राष्ट्रपतिलाई ‘हु आर यु’ भन्ने अधिकार छैन!


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुद्दा नलाग्ने दाबी गर्दै अधिवक्त शम्भु थापालाई ‘हु आर यु’ भन्ने अधिकार नरहेको दलील पेस गरेका छन्।

बुधबार प्रधानमन्त्रीका तर्फबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्धको रिटमा बहस गर्दै उनले यसो भनेका हुन्।

राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर मुद्दा लगाएर राष्ट्रपतिलाई ‘हु आर यु भन्ने?’ भन्दै पन्तले थापामाथि कटाक्ष गरेका हुन्। ९ जेठमा मा निवेदकको तर्फबाट बहस गर्दै थापाले बहुमत सदस्यको हस्ताक्षर सहित शेर बहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावी अस्वीकार गरेको भन्दै राष्ट्रपतिलाई ‘हु आर यु?’ भनी प्रश्न गरेका थिए।

‘धारा ७६ (५) निर्दलीय हुन्छ भन्ने कुरामा दम नभएको बताएका पन्तले भने,‘त्यहाँ लेख्नुपर्दैन? निर्दलीय हुन्छ भनेर लेखेको छ र ?’ बहुदलीय प्रणालीमा दलले पत्र लेखेपछि सांसद स्वतन्त्र नहुने र ह्वी लाग्ने उनको जिकिर थियो।

प्रतिक्रिया