एमाले संसदीय दलमा अत्यधिक बलियो रहेका ओली केन्द्रीय कमिटीमा पनि बहुमत (नामसहित)

२ जेठमा फर्किने निर्णयसँगै माधव नेपाल समूह दबाबमा, २४१ कि २०३ सदस्यीय केन्द्रीय कमिटी?


काठमाडौं– नेकपा एमालेले १ जेठ, ०७५ को अवस्थामा फर्किने निर्णय गरेसँगै अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटीमा पनि बहुमतमा रहेको विवरण सार्वजनिक भएको छ।

संसदीय दलमा अत्यधिक बलियो रहेका ओली केन्द्रीय कमिटीमा नेता माधवकुमार नेपाल भन्दा बलियो अवस्थामा रहेका छन्। तर दुवै पक्षबीच २०३ सदस्यीय या २४१ सदस्यीय केन्द्रीय कमिटी मान्ने भन्ने बहस छ। यद्यपि, यसबीचमा नेपाल समूहका कतिपय केन्द्रीय कमिटी सदस्य ओली पक्षमा खुलिसकेका छन्।

एमाले पुरानै संरचनामा फर्किने भएपछि माओवादीबाट आएका नेतालाई व्यवस्थापन गर्ने निधो भएको छ। एमाले एक भएरै अघि बढ्ने युवा नेता योगेश भट्टराईले बताइसकेका छन्। अब कमिटीगत निर्णय हुने बताइन्छ।

यस्तो विधिमा प्रवेश गर्दा बहुमतले निर्णय गर्ने एमालेको विधानमा उल्लेख छ। महाधिवेशन आयोजक कमिटी खारेज गरी अघि बढ्दा पनि ओली बहुमतले निर्णय गर्न सक्ने क्षमतामा रहेको बताइन्छ।

ओलीका पक्षमा उनीसहित प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, अइन्द्रसुन्दर नेम्वाङ छन्।

यस्तै ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भट्टटाई, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मियाँ पनि ओली समूहका केन्द्रीय सदस्य हुन्।

यसैगरी दलबहादुर राना, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ, नारदमुनि राना, निरादेवी जैरु ओली पक्षमा बलियोगरी उभिएका छन्।

पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बाले ओलीका निर्णयलाई साथ दिनेछन्।

सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले,बलवीरप्रसाद चौधरी, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, लालबहादुर थापा, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा,  राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, विष्णु रिजाल, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, लालबाबु प्रसाद यादव, लालबाबु पण्डित पनि ओली समूहमा छन्।

नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनमा जोडिएपछि कतिपय केन्द्रीय सदस्य एमाले बलियो बनाउनका निम्ति भन्दै ओलीका पक्षमा उभिएका हुन्।

पार्टी पूर्ववत अवस्थामा फर्किएको खण्डमा उपाध्यक्ष बामदेव गौतम कता उभिन्छन् भन्नेचाहिँ यकिन हुन सकेको छैन। उनी एकता अभियानमा सक्रिय रहेका थिए। पछिल्ला दिनमा उनले ओलीका कदमका आलोचना गरेका थिए।

गौतमसहित मिलाउँदा नेपाल पक्षमा झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आर्चाय, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भटराई, रघुजी पन्त, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहोरा, अरुणप्रसाद नेपाल, कमलजङग राई, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद शर्मा खनाल छन्।

यसैगरी गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, ठाकुरप्रसाद गैरे, तिलकुमार मेन्याङ्बो लिम्बु, देउमान सम्बाहाम्फे, चूडामणि जंगली, जीवनाथ घिमिरे, खगेन्द्र चुडाल, दिलकुमारी पन्त, नागेन्द्रप्रसाद चौधरी, निरजप्रसाद आर्चाय, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, टंकप्रसाद कार्की, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, केशवलाल श्रेष्ठ, गोविन्दविक्रम शाह, चन्द्रबहादुर शाही, जयन्तीदेवी राई, झपटबहादुर रावल, देवशंकर पौडेल, धर्मराज निरौला, नरेश खरेल, परशुराम मेघी गुरुङले ओलीको कदमको विरोध गर्दै नेपाललाई साथ दिनेछन्।

प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बलदेव चौधरी, बसन्तप्रसाद मानन्धर, मदनकुमारी साह गरिमा, महेश्वर पाठक, यज्ञराज सुनवार, रचना खड्का, रविन्द्र अधिकारी (नवलपरासी), लक्ष्मण पौडेल, विश्वनाथ प्याकुरेल, सुरेन्द्र मानन्धर, सोम मिश्र, प्रमेशकुमार हमाल, विरोध खतिवडा, महेश रेग्मी, मेटमणि चौधरी, रत्नेश्वर गोईत यादव, रविन्द्र बैठा धोवी, राजेन्द्रप्रसाद पाण्डे, रामचन्द्र यादव, रामकुमारी झाँक्री, लक्ष्मणराज ज्ञवाली, सरलाकुमारी यादव, प्रमोदनारायण यादव, भागवत नेपाली, ममता गिरी, माधवप्रसाद अर्याल नेपाल पक्षमा उभिनेमा पर्छन्।

यदुवंश झा, रविन कोइराला, राजबहादुर बुढा, राजेन्द्रकुमार राई, रामचन्द्र शाह तेली, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, प्रतापलाल श्रेष्ठ, बलराम बास्कोटा, भाष्कर काफ्ले, विक्रमबहादुर शाही, राजन राई, रामकुमार ज्ञवाली, विजयकुमार पौडेल, सरोजकुमार यादव, सीता गिरी ओली, सुधीर शाह, सोमप्रसाद पाण्डे, शत्रुध्न महतो, श्रीनाथ बराल, सुशीला नेपाल, शेरबहादुर केसी, श्रीमाया थकाली, हरिप्रसाद पराजुली,हंशबहादुर शाही, हरिबहादुर राई ओलीइतर समूहमा नै रहने बताइन्छ।

प्रतिक्रिया