चार्टर फ्लाइटमा मनपरी असुल्ने सेटिङका टर्किस र कतार एयरका नेपाल म्यानेजरमाथि कारबाही सुरु


काठमाडौंकोरोना महामारीका कारण अन्तर्राष्ट्रिय नियमित उडान बन्द रहे पनि अति आवश्यक भएकालाई कतारदेखि युरोपसम्म चार्टर फ्लाइटमा जाने अनुमति सरकारले दिएको थियो।

उक्त सुविधालाई दुरुपयोग गर्ने सेटिङमा सम्मिलित रहेको अभियोगमा उडान अनुमति पाएको टर्किस कतार एयरका नेपाल म्यानेजरहरुमाथि कारबाही प्रक्रिया थालिएको छ। त्यसका लागि मनपरी असुलीको विवरणबारे बुझ्नका लागि छानबिन सुरु भएको हो।

तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकाल, सचिव, सहसचिव, एयरवेज कम्पनीका नेपाल म्यानेजर ट्राभल्स एजेन्सी सञ्चालकबीच सेटिङ रहेको विवरण सार्वजनिक भएका थिए। पहुँच भएका केही ट्राभल एजेन्सी सञ्चालकले कार्टेलिङका रुपमा मनपरी गरेपछि अन्य सञ्चालकले कारबाहीको माग गरेका थिए। सोही क्रममा टर्किस एयरका नेपाल म्यानेजर बेनजिर खान कतार एयरका सारिक वोगटीमाथि छानबिन सुरु भएको हो।

दुई एयरलाइन्सका टिकट बिक्री गर्ने दुई ट्राभल एजेन्सी मेगा बाईट प्रेसिडेन्ट ट्राभल्समार्फत मात्र महँगो शुल्क असुल गरिएको थियो।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल उड्डयन प्राधिकरण, परराष्ट्र मन्त्रालय सबैतिर सेटिङ मिलाएर मेगा बाईट प्रेसिडेन्ट ट्राभल्सले चार्टर फ्लाइटको नाममा गुणासम्म महँगो भाडा असुलेपछि अति आवश्यक रही विदेश जाने यात्रुको गुनासो आएको थियो।

नेपालदेखि लन्डनसम्मको भाडा सामान्यतः ७० देखि ९० हजार प्रतिव्यक्ति भए पनि निषेधाज्ञाका बेला चार्टर विमानमा एक लाख ४० हजारसम्म तिर्न यात्रुलाई बाध्य पारिएको थियो।

युरोपका लागि चार सय डलर भए पनि चार्टरका नाममा १२ सय ९५ डलर प्रतियात्रुको असुलेका विवरण सार्वजनिक भएका थिए। अमेरिका क्यानडाका लागि नियमित उडान गर्दा सय डलर भए पनि अहिले १८ सय ९५ डलरसम्म बुझाएको विवरण यात्रुसँग छन्।

२३ वैशाखदेखि सरकारले अन्तर्राष्ट्रिय नियमित उडानहरू बन्द गर्दै चार्टर उडानहरूको अनुमति दिएको थियो। जुन बाट भारत, चीन, कतार टर्की गरी वटा सेक्टरमा नियमित उडान गर्ने सरकारले निर्णय गरेको थियो। तर मिलोमतोमा चार्टर उडान रोकिएन।

ट्राभल एजेन्सी सञ्चालकहरुको संस्था नाट्टाले सदस्यहरूको पीडालाई जानकारी गराउँदै अवैध ढङ्गले भएको कामको जानकारी टर्किस कतार एयरलाइन्सको हेडक्वार्टरमा उजुरी गरेका थिए। २० जुनमा सम्बन्धित एयरलाइन्सलाई पत्र लेखेपछि नेपाल प्रमुख फेर्ने निर्णय गर्न लागेको हो। निजी क्षेत्रको एयरवेज कम्पनीका कर्मचारी सेटीङमा कमाऊ धन्दामा संलग्न भएपछि दुवै संस्थाले आन्तरिक छानबिन गरी केही दिनभित्रै उनीहरूलाई हटाउन लागिएको हो।

प्रेसिडेन्ट ट्राभल्सका सञ्चालक भोला थापाले कतार एयरलाइन्सका विमान चार्टरका लागि अनुमति लिएका थिए। टर्किस एयरको चार्टर फ्लाइटका लागि मेगावाइट ट्राभलका चित्र गुरुङले अनुमति लिएका थिए।

कतार एयरलाइन्सका नेपाल प्रमुख सरिक बोगटीसँग सेटिङमा प्रेसिडेन्ट ट्राभल्सका थापाले एकाधिकार जमाएका थिए। बोगटी थापाको यो सेटिङको लाभ मन्त्रालयका मन्त्रीदेखि अनुमति दिने सहसचिवसम्मले उठाएको चर्चा छ। टर्कीस एयरमा भने खान गुरुङको बीचको साँठगाँठको फाइदा मन्त्रालयको नेतृत्वदेखि सत्तारुढ दलका भातृसंस्थाका नेताहरू सम्मले पाएका थिए।

एयर कम्पनीहरूले नेपालबाट जाँदा यात्रु पुरा पाउने भए पनि फर्किदा रित्तै फर्किनुपर्ने भन्दै जवाफ दिए पछि उनीहरूले प्रतिफ्लाइट २५ देखि ५० लाखसम्म कमिसन मन्त्रालय, उड्डयन प्राधिकरणका अधिकारीलाई बुझाउने गरेको तथ्य सतहमा आएको थियो।

पर्यटन मन्त्रालयले भइरहेको अनियमितताको अनुगमन गर्ने कारबाहीको दायरमा ल्याउनुको सट्टा विज्ञप्ति नै जारी गरी यात्रुहरूबाट भाडा बढी असुलेको कुरालाई झुटो दाबी गरेको थियो।

मन्त्रालयले जेठ २०७८ मा चर्को भाडा असुलेको उजुरी परेमा व्यक्ति वा कम्पनीलाई कारबाही गर्ने जनाउँदै चर्को भाडा असुलिरहेको विवरण नभेटिएको जनाएको थियो।

तर उक्त प्रकरणमा दबाबमा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा सदस्यीय छानबिन समिति गठन गरेको थियो।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले राज्य संयन्त्रकै कमजोरीका कारण एकाधिकार सेटिङका भरमा छिटो कमाउने दाउमा एजेन्सी व्यवसायलाई दीर्घकालीन बदनाम गराउने प्रयास भएपछि पत्र लेखिएको जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्

यस्तो छ चार्टर फ्लाइटका नाममा ब्रम्हलुट मच्चाउने सेटिङ, को–को छन् सिन्डिकेटमा?

प्रतिक्रिया