

आजको सुनुवाई सकियो, सरकारी पक्षले गरे ६ घन्टा ५ मिनेट बहस !

काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाई सकिएको छ । सरकारको पक्षबाट मंगलबार चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।
सरकार पक्षले आफूलाई संवैधानिक इजलासले छुट्याइएको समय मध्ये ६ घन्टा ५ मिनेट बहस गरेका छन् भने अब ७ घण्टा ५५ मिनेट बाँकी रहेको जनाइएको छ ।
मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् ।
सरकार पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये १ घण्टा सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीका लागि छुट्याइएको छ ।

