साढे ३ घन्टा बहस गरेका महान्यायाधीवक्ता बडाल सोध्छन्– किर्ते काम गर्न पाइन्छ?


काठमाडौं– प्रतिनिधि सभा विघटन मुद्दामा विपक्षीका तर्फबाट बहस गरेका महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा साढे तीन घन्टा समय लिए।

सोमबारको बहस सकिएको छ। उनले उक्त समयमा संविधानको धारा ७६ (५) मा निर्दलीय सांसद प्रधानमन्त्रीको उम्मेदवार बने पनि दलीय समर्थन हुनुपर्नेलगायत प्रतिपक्षी गठबन्धनबाट प्रधानमन्त्री बनाउनुपर्ने माग भएका कांग्रेस सभापति शेरबहादुर देउवाले किर्ते हस्ताक्षर बुझाएकोसम्म तर्क गरे।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले राती निर्णय गर्नु स्वभाविक भएको बताउँदै त्यसमा प्रश्न गर्ने हो भने अदालतका ५ बजेपछिका निर्णय र आदेश पनि अमान्य हुनुपर्ने जिकिर गरे। यस्तै संविधानसभाले पनि राती नै महत्वपूर्ण निर्णय गरेको दृष्टान्त अघि सारे।

प्रतिपक्षी गठबन्धनले बुझाएको हस्ताक्षर पत्र नै गलत र जाली भएको पनि बडालको दाबी थियो। कतै टिपेक्स लगाएको कतै प्रिन्ट गरेको र कहिँ हातले लेखेकोले त्यो शंकास्पद रहेको दाबी गरे।

यस्तै देउवाले सांसद गणेश पहाडी र सरिता यादवको हस्ताक्षर किर्ते गरी बुझाएको बताउँदै उनले सोधे,‘हामीले किर्ते काम गर्नेलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेको हो? त्यस्तै खोजेको हो?’

प्रतिक्रिया