
एमालेले ब्युँतायो महाधिवेशन आयोजक कमिटी, माधव नेपाललाई कारबाही गर्न बैठक डाकियो
काठमाडौं– नेकपा एमालेले अनुशासन नमान्ने नेता माधवकुमार नेपाललगायतलाई कारबाही गर्न महाधिवेशन आयोजक कमिटीको बैठक डाकेको छ।
आइतबार बसेको स्थायी कमिटीको बैठकले १६ असारका लागि महाधिवेशन आयोजक कमिटीको बैठक राखी नेता नेपाललगायतलाई कारबाहीको तयारी गरेको छ।
सर्वोच्च अदालतले उक्त कमिटीलाई वैधता नदिएको विषयमा स्थायी कमिटी बैठकले असन्तुष्टि जाहेर गर्दै खण्डन गरेको छ। प्रवक्ता प्रदिप ज्ञवालीले अदालत आफ्नो कार्यक्षेत्र भन्दा बढी भएको बताएका छन्।



कागजपत्र |
