

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं – नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।
बैठकमा पार्टीको १४ औँ महाधिवेशनबारेमा छलफल हुने जनाइएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ ।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन।

