आन्तरिक वायुसेवा कम्पनीले गर्न थाले टिकट बुकिङ


काठमाडौं – आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु गरेका हुन् ।

सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको छ ।

कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् ।

प्रतिक्रिया