


प्रधानमन्त्रीका प्रेस सल्लाहकारको न्यायधीशलाई प्रश्नः स्यालको सिङजस्तै कता हराएको होला श्रीमान?

काठमाडौं – काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतका न्यायाधीशलाई कठोर प्रश्न गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्रिपरिषद विस्तार बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति संकेत गर्दै कडा टिप्पणीसहितको प्रश्न गरेका हुन्। आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान? भन्दै थापाले प्रश्न गरेका छन्।
‘कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ किन?’ ट्विटरमा थापाले अगाडि लेखेका छन, ‘बाढीको चपेटामा परेर मेलम्ची राहत–उद्दार पर्खेको छ, चुनाव गराउन शाान्ति– सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ। आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान?’
सर्वोच्च अदालतले गत मंगलबार चुनाव गराउन लागेको काम चलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नमिल्ने भन्दै २० मन्त्री पदमुक्त हुने आदेश दिएको थियो।
काेराेना महामारीकाे कहर छ, खाेप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ। बाढीकाे चपेटामा परेर मेलम्ची राहत-उद्दार पर्खेको छ,चुनाव गराउन शाान्ति-सुरक्षाकाे विशेष खाँचाे पर्छ, गृहमन्त्री खाली गरिएको छ। आवश्यकताकाे सिद्धान्त स्यालकाे सिङजस्तै कता हराएको हाेला श्रीमान?
— Surya Thapa (@ThapajiSurya) June 24, 2021

