देशभर थप २४२१ जनामा संक्रमण पुष्टी, ५२ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ३ हजार ५५८ निको भएका छन् भने ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

पछिल्लो २४ घण्टामा ७ हजार ४६१ पीसीआर र ४९५३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४१४ परीक्षण भएको छ । जसमा पीसीआरमा १५११ र एन्टीजेनमा ९१० जनालाई पाेजेटिभ देखिएकाे छ ।

अहिलेसम्म नेपालमा ६ लाख ५६ हजार ८९१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् भने ८ हजार ८९४ जनाको मृत्यु भएको छ । अहिले देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया