

‘बीपी’ र ‘गणेशमान’को ‘आर्शिवाद’ लिने प्रयासमा निधी

काठमाडौं – नेपाली कांग्रेसले आगामी भदौमा महाधिवेशन गर्ने पक्का गरेसँगै पार्टीभित्र चुनाबी सरगर्मी बढेको छ ।
यसै परिवेशमा भावी नेतृत्वको लागि उम्मेदवारी घोषणा गरेका महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधिले आफ्नो पिताका सहयात्री बीपी कोइराला र गणेशमान सिंहका पुत्रहरुसँग भेट गरेका छन् ।
पार्टी सभापतिको उम्मेदवारीका लागि अगाडि बढीसकेको घोषणा गर्दै निधिले सोमबार बिहान बीपीपुत्र डा. शशांक कोइराला र गणेशमान पुत्र प्रकाशमान सिंहसँग ‘लञ्च’ गरेका छन् ।
सभापतिको उम्मेदवारीको घोषणा गर्दै तिब्र तयारीमा लागेका निधीले आइतबार केन्द्रीय सदस्यहरुसँग भेटघाट पछि सोमबार (आज) कांग्रेस महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘लञ्च मिटिङ’मा बोलाएर आफ्नो चुनावी माहौल बनाउन लागेको अनुमान लगाउन सकिन्छ ।
निधि बीपी पुत्र डा. शशांक र गणेशमान पुत्र प्रकाशमानलाई समेट्दै सभापतिको चुनावमा जानका लागि प्रयास गर्दै सार्थक बनाउने अभियानमा लागेका छन् ।

