‘अर्थ मन्त्रालय जानु पर्दा कसाहीखाना गए झै लाग्छ, त्यहाँ साँढेहरु मात्रै बस्छन्’


काठमाडौं – नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले नेपालको कर्मचारीतन्त्र माथि प्रश्न उठाएका छन्। नेपालमा रेल ल्याउने क्रममा कर्मचारीको काम गर्ने घुमाउरो तरिकाको कारण समस्या झेल्नपरेको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दे भट्टराईले कर्मचारीहरुको काम गर्ने तरिकाले गर्दा मुलुक पछि परेको बताउँदै अर्थ मन्त्रालयमा पैसा माग्न जाँदा कसाहीखाना गएझै लाग्ने अरोप लगाए।

उनले फेसबुकमा लेखेका छन्, ‘मलाई रकम निकाशा गर्न अर्थ मन्त्रालय जानु पर्दा कसाहीखाना गए झै लाग्छ। त्यहाँ साँढेहरु मात्रै बस्छन भन्ने भान हुन्छ।’ सम्भवत भट्टराईको स्ट्याटसबाट रेल ल्याउने कुरामा विवाद भएको हो।

रेल ल्याउँदादेखि भन्सार क्रस गर्नेसम्म कुरा गरेका भट्टराईले फेसबुकमा लेखेका छन्, ‘यो एउटा उदाहरण मात्रै हो। यस्ता थुप्रै केस छन्। हामी किन पछि छौं भन्ने एउटा नमुना यही हो।’

भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थक समेत हुन्। ओलीको क्याबिनेटमा विष्णु पौडेल अर्थमन्त्री छन्। पौडेल ओलीका विश्वासपात्र हुन्।

प्रतिक्रिया