हाम्रो जन्मभूमि सस्थाद्धारा सिन्धुपाल्चोक हेलम्वुका वाढी पिडितहरुलाई सहयोग


सिन्धुपाल्चोक – हाम्रो जन्मभूमि सस्थाद्धारा सिन्धुपाल्चोक हेलम्वुका वाढी पिडित करिव ४० घर परिवारलाइ लाई सहयोग गरेको छ ।

हेलम्बु गाउँपालिकामा वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले स्थानीयहरुमा धेरैनै क्षति पु¥याएकोले हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक संघसस्थाहरुले सहयोग गर्ने क्रम वढ्दो छ ।

त्यसै सिलसिलामा हाम्रो जन्मभूमि सामाजिक र मानव सेवाको सहयात्री सस्था सिन्धुपाल्चोकद्धारा हेलम्वु गाउपालिका वडा नं। ७ को चनौटे वजार लगायत आसपासका करिव ४० घर परिवारलाई एक वोरा चामल ,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि , १५ केजी चिउरा, नुन, तेल, चियापक्ती, सावुन लगायत विभिन्न सामानहरु उक्त संस्थाका उपाध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले गाउका स्थानीय जनप्रतिनिधि वडा सदस्य जित वहादुर तामाङ् कार्यपालीका सदस्य लक्ष्मि सुनुवार स्थानिय स्वयमसेवक सोम तामाङ् र प्रहरीको रोहवरमा वाढिपिडित परिवारलाई राहत वितरण गरिएको थियो ।

No description available.

उक्त सामाग्री वितरण कार्यक्रममा हाम्रो जन्मभूमिका सस्थाका सचिव सुमन श्रेष्ठ,सन्चालक समितिका सदस्य नारायण श्रेष्ठ साथै सस्थाका सल्लाहाकार तथा फोटोपत्रकार सागर श्रेष्ठको सहाभागीता रहेको थियो ।

हाम्रो जन्मभुमी समाजिक र मानव सेवाको सहयात्री सस्थालाई देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको आर्थिक रकम संकलन गरी करिव २ लाख वरावरको रकमको राहत सामाग्री वितरण गरेको थियो । यस सस्था विधिवतरुपमा दार्ता भएको एक गैरनाफामुलक सामाजिक सस्था हो उक्त सस्था टिकटकको माध्ययमवाट नेपाल र नेपाल वाहिर रहेका नेपालीहरुको संयुक्त पहलमा सिन्धुपाल्चोक जिल्ला प्रसाशन कार्यालयमा दर्ता भई हाल देशै भरि रहेका विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ ।

छोटो समयमानै उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको माया साथ र आर्थिक सहयोग आउने क्रम जारी रहेको र भोलीका दिनमा पनि दिनदुखीहरुको घाउमा मलम लगाउदै समाजसेवामा अग्रस्थानमा रहेर काम गर्ने वताउछन् सन्चालक सदस्य नारायण श्रेष्ठ ।

प्रतिक्रिया