सभापति बन्ने पौडेलको सपनामा ‘धक्का’ लगाउने देउवाको घोषणा, निधिलाई मिलाउने के छ विधि?

कोइराला परिवारबाट शेखरको घोषणा, प्रकाशमानको पनि चाहना, सिटौलाको फरक बाहना


काठमाडौंनेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ। यसको प्रक्रिया २० साउनदेखि तल्ला इकाईदेखि हुने पक्कापक्की छ।

नेतृत्वका लागि विभिन्न नेताको आकांक्षा घोषणा भइरहेका बेला सभापति देउवाले पुनः इच्छा देखाएपछि विविध पक्षमा तरङ्ग पैदा भएको छ।

सभापतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेल, देउवा समूहबाट उपसभापति विमलेन्द्र निधि, कोइराला परिवारबाट शेखर, चाक्सीबारीबाट प्रकाशमानसिंह, तेस्रो समूहबाट कृष्णप्रसाद सिटौला सामुन्ने देखिएका छन्।

यसबाहेक पनि विभिन्न नेताले इच्छा देखाएका छन् भने पुस्तान्तरणको विषयमा पार्टीले सवाल नसुने आफैं सभापति उठ्ने युवा नेता गगन थापाले सार्वजनिक मिडियामार्फत घोषणा नै गरिसकेका थिए।

१३ औं महाधिवेशनको जस्तो यसपटक स्पर्धा नहुनेजस्तो देखिएको छ। खासमा यस्तो पृष्ठभूमी परिदृश्यमा कांग्रेसको नेतृत्व गर्ने ठूलो महत्वकांक्षा बोकेका नेता पौडेलको सपनामा धक्का लाग्ने निश्चितप्रायः छ।

उनलाई अघिल्लो पटक सहयोग गरेका सिंह, कोइराला परिवारलगायतले पनि आफैं नेतृत्वमा दाबेदारी प्रस्तुत गरेपछि पौडेल खुम्चिनुको विकल्प छैन भने देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर फेरि सभापति लड्छु भन्नुले पनि भयानक धक्का लाग्ने निश्चित बनिसकेको छ।

अघिल्लो महाधिवेशनमा मैदानमा उत्रिएका सिटौला यसपटक पनि उत्रिने तयारीमा छन्। उनी सभापतिको चुनावी मैदानमा उत्रिँदा १३ औं महाधिवेशनमा दोस्रो राउन्ड मतदान भएको थियो सो क्रममा देउवालाई सहयोग गरेका थिए।

अहिले पार्टीका विभिन्न समितिमा देउवा बहुमतमा छन्। उनले फेरि एक पटक उठ्ने चाहना देखाएका छन्। अर्को समूहभित्र पनि धेरै आकांक्षी हुँदा देउवा फेरि निर्वाचित हुन सक्ने सम्भावना बलियो , कांग्रेस उच्च स्रोतले भन्यो,‘देउवासँग आफ्नो समूहमा मिलाउनुपर्ने चुनौति भनेका उपसभापति विमलेन्द्र निधि हुन् उनको सर्त मानेको खण्डमा समस्या छैन।

पौडेलले देउवाइतरको समूहलाई व्यवस्थापन गर्न नै नसक्ने अवस्था देखिएको छ। खासगरी चाक्सीबारीमा भएको बैठकमा पौडेलले सहमतिमा आफूलाई सभापति दिनुपर्ने सर्त अघि सार्नासाथ प्रकाशमान शेखरले मानेका थिएनन्। एउटा अन्तरवार्ताका दौरान शेखरले भनेका छन्,‘महाधिवेशको दाबेदार पनि हुँ। अरु पनि छन्। यसपटक मतदान नै हुनेछ।

निधिलाई मिलाउने विधि!

उपसभापति निधिले निक्कै अघिदेखि नै सभापतिमा लड्ने आकांक्षा अघि सारेका थिए। उनले यसपटक देउवालाई सहयोग गर्नुपरे, अर्कोपटक सभापतिमा सहयोगको ग्यारेन्टि खोजेका छन्। त्यसका लागि कांग्रेसमा प्रभाव छरिरहेका गगन थापा विश्वप्रकाश शर्मालगायतको पंक्तिलाई पदाधिकारीमा रोक्नुपर्ने आन्तरिक सर्त थियो।

उक्त सर्त मानेको खण्डमा भने निधिको पूरापूर सहयोगमा देउवा सभापतिमा निर्वाचित हुने प्रक्षेपण गरिएको छ। तर सोही विषयमा त्यति सहज हुन नसक्ने आँकलन प्रतिनिधि चयनको हिसाबले पनि देखिन सक्ने अनुमान गरिएको छ। खासगरी बहुमत प्रतिनिधि युवा पंक्तिबाट आउने देखिएपछि आगामी नेतृत्व देउवाको हुनेछ कि हस्तक्षेप होला? भन्ने चासो पनि छ।

देउवाले आफूलाई बलियो बनाउनका लागि नै विजयकुमार गच्छादार, राप्रपाबाट आएका सुनिलकुमार थापालगायतको सहयोगको अपेक्षा गरेका छन्। यो दुई पक्षबाट आउने प्रतिनिधिले सहयोग गर्दा देउवाको सम्भावना टर्न नसक्ने पनि आँकलन गरिएको छ।

तर बरिष्ठ नेता पौडेलसँग देउवाको जस्तोएब्सुलेट प्रतिनिधि नभएका कारण महाधिवेशनमा सभापति बन्ने इच्छामा धक्का लाग्न सक्ने बताइन्छ। त्यहाँमाथि उनको समूह भनिएको भित्र नै विवाद आकांक्षाका चाङ छन्।

प्रतिक्रिया