डा. गोविन्द केसीको उपचार खर्च सरकारले ब्यहोर्ने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।’

डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ । उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।

प्रतिक्रिया