धरानमा कोरोनाबाट १९ वर्षीया युवतीको मृत्यु


काठमाडौं – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ वर्षीया युवतीको मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचार गराइरहेकी सुनसरी जिल्लाको बराह–५ की १९ वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट शनिबार बिहान मृत्यु भएको जनाइएको छ ।

शनिबार बिहान ४ः३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको समेत डा. श्रेष्ठले जानकारी दिएका छन् ।

शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया