एमाले एकीकरणको खाका तयार, माओवादीबाट आएकालाई यसरी गरिनेछ व्यवस्थापन


काठमाडौंनेकपा एमाले एकीकरणका लागि खाका तयार गर्न थालिएको छ। विभाजन भइनसकेको तर सोही अवस्थामा रहेको माधवकुमार नेपाल पक्षका मागअनुसार खाका तयार पार्न लागिएको हो। जेठ ०७५ मा फर्किने लगभग मौखिक सहमति जुटेको यसलाई लिखित तयार पार्न लागिएको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको मौखिक सहमतिको खाका दुवै नेतालाई सुनाएपछि निर्णय गरिने तयारी भएको बताइन्छ।लगभग सहमति बन्न लागेको , अध्यक्ष नेता नेपालको सहमति भए एमाले एक हुन्छ। यसमा धेरै कुरा बाँकी छन् पछि खुलाइनेछ, एक नेता भन्छन्।

एमाले एकीकरण हुँदा माओवादीबाट आएका केन्द्रीय कमिटीमा थपिएकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि बाटो निकालिएको छ। नेता रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतका नेतालाई एमालेको पुरानो स्थायी कमिटीको बैठकले एमालेमा आवद्ध गराउने जिम्मेवारी, बरियता तोक्ने विषयमा पनि सहमति भएको छ।

अहिले माओवादीबाट आएका नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुराकानी भइरहेका छन्। त्यसको पनि उचित मार्ग निर्णय हुनेछ, ति नेता भन्छन्,‘नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नका निम्ति उहाँहरुको व्यवस्थापन एमालेमा सम्मानजनक गर्ने तयारी भएको छ।

एमालेभित्रको एकीकरण जोगिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि गरिएको हस्ताक्षर फिर्ता हुनेछन्। तर, नेता नेपालले प्रतिनिधि सभा विघटनमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले क्षमा माग्नुपर्ने सर्त अघि सारेका थिए।

यस विषयमा अध्यक्ष ओलीले जवाफ दिइसकेका छैनन्।हामी मिल्नेतिर नै जोडबलमा लागेका छौं, यो सामान्य प्राविधिक विषय भयो। अदालतले गलत भनिसकेको पुसको कदम गलत भन्न सकिए पनि त्यसपछिका परिघटनामा कसले कति गल्ती गरेको , समिक्षा गर्ने विषय हुनेछ, स्रोतले भन्यो।

प्रतिक्रिया