श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् अस्पतालमै आत्महत्या


काठमाडौं – ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामी श्रीमानको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् ।

म्याग्दीको मालिका गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् ।

‘क्यान्सरबाट पीडित श्रीमानलाई केही दिन अघि मात्र किमोथेरापी गराउन काठमाडौं ल्याइएको र उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको एसपी बज्रचार्यले बताईन् ।

शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए । अस्पतालका सीईओ डा। बच्चुकैलाश कैनीले श्रीमानको मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताए ।

प्रतिक्रिया