गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत


कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

पोखरेलले शुक्रबार प्रदेश सभाबाट संविधानको धारा १६८ (६) विश्वासको मत पाएका हुन् । उनको विपक्षमा २७ जना प्रदेश सभा सदस्यमात्रै रहेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । प्रतिपक्षी दल एमालेका २७ सदस्य विश्वासको मतको विपक्षमा रहेका हुन् ।

५८ जना मत विभाजनमा सहभागी भएकोमा ३१ जनाले पक्षमा मतदान गरे । कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका दुई—दुई र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले पोखरेलको पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि पोखरेलले एक हप्तामै विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया