सुरु भएन काँग्रेस केन्द्रीय कार्यसमिति बैठक, शीर्ष नेता आन्तरिक छलफलमै व्यस्त


काठमाडौं – काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि शीर्षस्थ नेताबीच आन्तरिक छलफल व्यस्त रहेका छन् । जसकारण शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थिए । त्यसका लागि आवश्यक सुझाव राख्न नेताहरूलाई भनेका थिए । आजै बैठक सम्पन्न गरिने भन्दै शीर्ष नेताको तहमा अहिले छलफल भइरहेको एक नेताले बताए ।

कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६-१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा केही दिन देखि काँग्रेसमा बहस जारी छ ।

प्रतिक्रिया