

यादव पक्षकोे कारबाहीमा परे जसपाका सबै मन्त्री

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सरकारमा सहभागी सबै मन्त्रीलाई उपेन्द्र यादव नेतृत्वको पक्षले पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकले सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट पारेको हो ।
बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । जसअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिइनेछ ।
यस्तै बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।

