

सिन्धुपाल्चोकमा ७ जना बेपत्ताको पुष्टी, १ को शव फेला

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रावती नदिले बगाएर ७ जना बेपत्ता भएकाे पुष्टी छ । अहिलेसम्म बेपत्ता ७ मध्ये १ जनाको शव प्राप्त भएको जनाइएको छ ।
बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए ।
हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ । शव फेला परेको खबर आएपछि स्थानीय प्रहरीलाई उक्त स्थानमा पठाइएको जनाइएको छ ।
बाढीले हेलम्बुमा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढीका कारण ५० औं व्यक्ति हराइरहेको स्वास्थ्यमन्त्री एवं संघीय सांसद शेरबहादुर तामाङले सामाजिक सञ्जालमा जनाएका छन् ।

