बाढीको बितण्डाः विपत्तिमा साथ दिन मन्त्री तामाङको अपिल, यस्तो छ मेलम्ची क्षेत्रमा बाढीले निम्त्याएको विपत्तिको ताजारुप (तस्वीरहरु)


काठमाडौं – विगत केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारलगायतका बजारहरु तहसनहस बनेको छ । त्यस्तै उपत्यकाबासीले दशकौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची खानेपानीको ड्याम पनि पूर्णरुपमा क्षतिग्रस्त भएको जनाइएको छ ।

तामाङले सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय र राष्ट्रिय समूदायसँग सहयोग माग्दै लेखेका छन्, ‘मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको,  मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ ।’

तामाङ अगाडि लेख्छन्, ‘नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले  आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु ।’

साथै मन्त्री तामाङले विपत्तिको यस घडीमा प्रत्यक्ष सम्पर्क गर्नका लागि आफ्नो र स्वकिय सचिवको मोबाइल नम्बरसमेत सार्वजनिक गरेका छन्, उनले लेखेका छन्, ‘मलाई सम्पर्क गर्न ९८५१०४०८२१ मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा ९८५११७५३१० हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला  । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’

सामाजिक सञ्जालमा देखिएका मेलम्चीका ताजा तस्बिरहरूः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया