अन्तर्राष्ट्रिय उडान स्थगनकाबीच नेपाल एयरलाइन्सले एकतर्फी दुबई-काठमाडौं चार्टर उडान गर्ने


काठमाडौ – कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगनकाबीच नेपाल एयरलाइन्सको दुबई-काठमाडौं एकतर्फी चार्टर उडान हुने भएको छ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई-काठमाडौ) एकतर्फी उडान सुचारु गर्ने भएको हो।

आज मंगलबारदेखि टिकट बिक्री समेत थालिएको नेपाल एयरलाइन्सका यूएई कन्ट्री म्यानेजर टिकाराम पंगेनीले बताए।

नेपाल सरकारले कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि घर जान नपाएका सयौं नेपालीहरु यूएईमै अड्किएका छन्। यी मध्ये कयौंको ओभरस्टे र भिजिटमा घुम्न आएका नेपालीहरुको जरिवाना समेत शुरु भइसकेको छ भने नेपालमा आफन्त गुमाएकाहरु बढी प्रभावित भएका छन्। नेपाल सरकारले गत वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।

प्रतिक्रिया