

भारतमा कोरोनाविरुद्धको खोपका कारण पहिलो मृत्युको पुष्टि

एजेन्सी – भारतमा कोरोनाविरुद्धको खोप लगाएपछि पहिलो मृत्युको पुष्टि भएको छ । खोपका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भएको छ ।
खोप लगाएपछि कसैमा गम्भीर लक्षण देखिनु वा मृत्यु हुनुलाई वैज्ञानिक भाषामा एडभर्स इभेन्ट फलोइङ इम्यूनाइजेशन ९एईएफआई० भनिन्छ । एईएफआईका लागि केन्द्र सरकारले एउटा कमिटी गठन गरेको छ । यो कमिटीले भ्याक्सिन लगाएपछि भएको ३१ जनाको मृत्युमाथि अनुसन्धान गरेपछि ६८ वर्षका एक वृद्धको मृत्यु भ्याक्सिन लगाएपछि एनाफिलेक्सीसका कारण भएको पुष्टि गरेको छ । ‘मृत्युको कारणबारे अनुसन्धान गर्दा भ्याक्सिनका कारण भएको यो पहिलो मृत्यु भएको हामीले थाहा पाएका छौं । ती व्यक्तिको भ्याक्सिन लगाएपछि एनाफिलेक्सीस भएको थियो जसका कारण उनको मृत्यु नै भयो,’ एईएफआईका अध्यक्ष डा। एनके अरोराले भने ।
एनाफिलेक्सीस एक प्रकारको एलर्जिक रियाक्सन हो । ती वृद्धको सन् २०२१ मा मार्च ८ मा भ्याक्सिनको पहिलो डोज दिइएको थियो र केही दिनपछि नै उनको मृत्यु भएको थियो ।

