कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमाले संसदीय दलको निर्णय


सुर्खेत – कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज निर्णयार्थ पेश हुँदैछ भने त्यसलाई एमालेले विफल बनाउने रणनीति बनाएको हो ।

चार सांसदको पुनर्बहालीपछि बसेको आजको बैठकमा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला पनि सहभागी थिए । सर्वोच्चको आदेशबाट प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएका थिए ।

प्रतिक्रिया