मुख्यमन्त्री भट्टलाई मत नदिने ७ एमाले सांसद निलम्बित


धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । सोमबार बसेको दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै ७ जनालाई निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मी छन् । उनीहरुमध्ये तीन जनालाई सात, दुई जनालाई दस र दुई जनालाई १५ दिनका लागि निलम्बन गरिएको हो ।

जेठ २५ गते संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर, ती सांसदले ह्वीप उल्लंघन गर्दै विपक्षमा मतदान गरेपछि निलम्बन गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

प्रतिक्रिया