

यी हुन् नवनियुक्त मुख्यमन्त्री पोखरेलका प्रथम दुई ‘जनतामैत्री’ निर्णय

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथलगत्तै मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन् ।
शनिबार नै मुख्यमन्त्रीमा नियुक्त भएका पोखरलले शनिबारै पदभार ग्रहण गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने दुईवटा निर्णयहरु गरेका छन् ।
पदभार गर्दै पोखरेलले मनसुन सुरु भएसँगै विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । यस्तै, महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले आफूलाई सहयोग गर्ने दल र प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिए । मुख्यमन्त्री पोखरेलसँगै शनिबार चार जना मन्त्रीहरुले सपथ लिएका थिए ।
यस्तै, उनले प्रदेशको समग्र विकास आफ्नो ध्यानकेन्द्रित हुने पनि बताए । ‘प्रदेशको समग्र विकासका लागि अघि बढ्ने अठोट गरेका छौँ,’ उनले भने ।

