

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि

काठमाडौं – नेपाली काँग्रेसमा पार्टीको १४ औं महाधिवेशन सार्न निर्णय भएको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको हो ।
सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए ।
गत फागुनमा बसको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त कार्यतालिका अनुसार क्रियाशील सदस्यताको काम सम्पन्न नभएपछि अधिवेशनको तालिका पनि संशोधन गर्ने निर्णय भएको छ । असार पहिलो साता वडा तहको अधिवेशन गर्ने कार्यतालिकालाई संशोधन गरी तेस्रो सातापछि सारिएको छ ।

