

आर्जुलाई पराजित गर्ने नारदमुनी बन मन्त्रालयका मुखिया

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका नेकपा एमाले नेता नारदमुनि रानालाई वनमन्त्री बनाउने भएका छन् ।
रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं.५ बाट ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए । तर, रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाएका छन् ।
नेता रानालाई वन मन्त्रालयको जिम्मेवारी दिइएको र साँझ ४ बजे सपथका लागि बोलाईएको स्रोतले बतायो ।

