प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल विस्तार, गृहमा अधिकारी र सञ्चारमा बादलपत्नी थापा ! (सूचीसहित)


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

संसद विघटनपछि दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्ने क्रममा प्रधानमन्त्री ओलीले ८ खाली मन्त्रालयमा मन्त्रीहरुको नियुक्ति गर्दै मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् ।

गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् भने रामबहादुर थापा बादलको पत्नी नैनकला थापालाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तो छ नवनियुक्त मन्त्रीहरुको सूची:

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

प्रतिक्रिया