

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक बोलाएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीलार्य पनि बोलाइएको छ । तर पधानमन्त्री ओली बैठकमा सहभागी नहुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।

