

उतारचढावबीच नेप्सेमा १३ अंकको गिरावट, इन्स्याेरेन्स कम्पनीमा लगानीकर्ता आकर्षित

काठमाडौं – पछिल्ला दिनमा उछाल लिइरहेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।
दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तिममा नेप्से परिसूच्क १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको छ ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेको छ । कारोबार रकममा भने बढी नै रहेको छ । दिनभर भएका १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ पुगेको छ ।
नेपाल इन्स्यारेन्सका लगानीकर्ताहरुले बुधबार धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर १ हजार ६ रुपैयाँ पुगेको छ ।
दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावरक कम्पनी र तेस्रोमा रिढी हाइड्रोपावर कम्पनी देखिएका छन् । अघिल्लो दिन १० प्रतिशतले बढेको हिमालयन जनरल इन्स्योरेन्स आज पनि ४६ रुपैयाँले बढ्यो ।
यसैगरी अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्यारेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
उता धेरै गुमाउनेहरुको पहिलो नम्बरमा युनाइटेड आइडीआई मार्दी, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकको सेयर मूल्य धेरै घटेको छ ।

