संवैधानिक इजलासः ७६(४) केन्द्रित भए थापा, प्रधानमन्त्रीबाट ओली पदमुक्त भएको दलील


काठमाडौंकांग्रेस सभापति शेरबहादुर देउवाको पक्षबाट संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता शम्भु थापा संविधानको धारा ७६() केन्द्रित भएका छन्।

उनले उक्त धाराको प्रयोग नै नगरी ७६()मा पुग्ने राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुनै संवैधानिक आधार नभएको दलील पेश गरे। यसका साथै उनले विश्वासको मत नलिएका कारण प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको पनि दाबी गरेका छन्।

इजलासमा थापाले देउवालाई प्रधानमन्त्री नियुक्तिको घोषणा गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको अन्तरिम आदेश दिनका लागि पनि माग गरेका थिए। देउवा पक्षको बहस सकिएपछि अदालतमा ब्रेक भएको थियो।

प्रतिक्रिया