

संवैधानिक इजलासः कार्की र भट्टराईले राय दिएनन् अर्का न्यायाधीश खतिवडाले यस्तो सुनाए
काठमाडौं– प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा संवैधानिक इजलासमा विहीबारदेखि बहस सुरु भएको छ। विवादमा तानिएका न्यायाधीशहरू दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले राय नदिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस सुरु गराएका हुन्।
बहसका लागि आधा घन्टाको समय तोकिएको छ। न्यायाधीश ईश्वर खतिवडाले यहि इजलास नै फाइनल भएको बताए। रायसम्बन्धी विषय स्मरण गराउँदा उनको जवाफ यस्तो आएको थियो।
‘इजलास गठनका विषयमा अब केही सुन्दैनौं, कतिपय कुरा मौनतामा पनि हुन्छन् अब जे भन्छौं त्यो फाइनल फैसलामा आउँछ’, खतिवडाले भने,‘विषयमा केन्द्रित भएर अघि बढौं।’
रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट बहसका लागि आधा घन्टाको समय दिएर इजलास सुचारु गराइएको छ।

