

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु, दुई न्यायाधीशले राय दिने

काठमाडौँ – संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । सरकारी पक्षका वकिलहरूले प्रश्न उठाएपछि स्थगित भएको इजलास आज बसेको हो ।
इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् ।
सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीशको राय नआएपछि बहस चलिरहेको छ । न्यायाधीश दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराई माथि सरकारी पक्षले प्रश्न उठाएको थियो ।
जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो

