यस्तो छ युवा नेता योगेश भट्टराईले देखेको एमाले एकता समस्याको मुल जड 


काठमाडौं– एमाले युवा नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नेकपा एमाले एकता समस्याको मूल जड खुट्याएका छन्। केही प्रश्न राख्दै उनले एकताका लागि उक्त ‘भ्याकुम’ तोडिएर एकताको साझा संकल्प गर्नुपर्ने जनाएका छन्।

उनले भनेका छन्,‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड झलनाथ (जेएन) खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’

उनले अगाडि भनेका छन्,‘कमरेड झलनाथ (जेएन) खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’

पृष्ठभूमीमा उक्त प्रसङ्ग राख्दै उनले सोधेका छन्,‘कसले, किन  र के का लागि गर्दैछ यो सब? एमाले एकता समस्याको मुल जड यहीँ छ। यस बिषयमा कमरेडहरु बीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्शका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ।’

प्रतिक्रिया