विश्वमा संगठित अपराधविरूद्धको अपरेशनमा ‘एप’ प्रभावकारी, ८ सय भन्दा धेरै व्यक्ति पक्राउ


काठमाडाैं – अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले एपमार्फत ८ सय भन्दा धेरै अपराधीलाई पक्राउ गरेको जनाएको छ । म्यासेजहरु गोप्य हुने एएनओएम नामक एपमार्फत विश्वरभरिबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा धेरैलाई पक्राउ गरेको एफबीआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीले बनाएको योे एपका म्यासेजहरु गोप्य हुने विशेषताका कारण अपराधमा संलग्नहरुले यो एप चलाउने क्रम बढेको छ । अपराधीहरुले एप प्रयोग गर्न थालेपछि अधिकारीहरूले उनीहरूका योजनाबारे थाहा पाउन थालेका थिए ।

म्यासेजको आधारमा अहिलेसम्म अष्ट्रेलियामा २२४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डस्मा ४९ जनालाई पक्राउ गरिएको छ । यो अपरेशन विश्वभरिका संगठित अपराधविरूद्ध ठूलो प्रहार भएको खबरमा उल्लेख छ ।

यस्तै, उनीहरुको साथबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया