मुख्यमन्त्री भट्टलाई नेता रावलले दिए बधाई


काठमाडौं – विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका मुख्यमन्त्री भट्टलाई बधाई दिएका हुन् । नेता रावलले मुख्यमन्त्रीलाई बधाई दिने क्रममो लेखेका छन् ‘विधि, विधान र पद्धति मिच्नेहरुले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’

भट्टलाई एमालेका १७ सांसदले मत दिएका थिए । माधवकुमार नेपाल समूहका १७ सांसदले मतदान गरेपछि भट्टले मुख्यमन्त्रीमा ३० मत पाएका थिए ।

५१ सदस्यीय प्रदेशसभामा बहुमत पाउन २६ सांसद आवश्यक पर्थ्यो । तर नेता नेपाल समूहका १३ र माओवादी केन्द्रको १३ मत मुख्यमन्त्री भट्टले पाए । १२ सिट रहेको नेपाली कांग्रेस तटस्थ बस्यो भने एमाले अध्यक्ष केपी शर्मा ओली समूहका सात र जनता समाजवादी पार्टी (जसपा) का दुई गरी ९ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया