नेपाल जोर्डनसँग ३–० ले पराजित


काठमाडौं – नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ । विश्वकप र एसियन कपको छनौट अन्तर्गतको भर्खरै सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३ गोल अन्तरले पराजित भएको हो ।

कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।

नेपाल खेलको २३ मिनेटमा जोर्डनको पेनाल्टी गोलमार्फत पछाडि परेको थियो भने त्यसपछि दोस्रो हाफको पाँचौं मिनेटमा जोर्डनले फ्रिकिकमार्फत् गोल गर्दै खेल २–० मा अग्रता लिएको थियो ।

त्यसपछि जोर्डनले खेलको ६७ औं मिेनटमा अर्को गोल गर्दै गोल अग्रता तेब्बर बनाएको थियो ।

त्यसपछि खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेलमा नेपालले ३–० को पराजय भोगेको थियो ।

जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया