

कोभिड कोषमा लुम्बिनी प्रदेश सरकारले थप्यो १० करोड

बुटवल – लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै बैठकले मंगलबार प्रदेशसभामा प्रस्तुत गर्ने सरकारको नीति कार्यक्रम स्वीकृत गरेको छ ।

